
आचार्यद्धारा त्रिभुवन पुस्तकालयलाई पुस्तक हस्तान्तरण
जिल्लाकै जेठो पुस्तकालयको रुपमा चिनिने त्रिभुवन पुस्तकालयका लागी पुस्तक सहयोग गरिएको छ । गोरखा नगरपालिका–७ निवासी रामचन्द्र आचार्यले ५३ थान पुस्तक सहयोग गरेका हुन् । इतिहास, साहित्य, जीवनी तथा आचार्यका कृति समावेश भएका पुस्तकहरु उपलब्ध गराइएको हो ।
शुक्रवार एक कार्यक्रमका बीच आचार्यले पुस्तकालय संचालक समिति अध्यक्ष कुशललाल श्रेष्ठलाई पुस्तक हस्तान्तरण गरेका हुन् । साहित्यकार एवं लेखक आचार्य गोरखा नगरपालिका–६ पाटेचौरस्थित शक्ति माध्यमिक बिद्यालयका पुर्व प्रधानाध्यापक समेत हुन् । २००८ सालमा स्थापना भएको सो पुस्तकालयलाई जिल्लाकै जेठो पुस्तकालयको रुपमा चिनिन्छ ।
गोरखा नगरपालिका–६ तिनधारेमा रहेको पुस्तकालयको नयाँ भवन समेत बनेको छ । करिव ४८ लाख खर्चेर नयाँ भवन बनेको हो । जीर्ण रहेको भवन भूकम्पले थप क्षति पुगेपछि नयाँ भवन निर्माण गरिएको हो । १८ वर्षदेखि लगातार बन्द रहेको सो पुस्तकालय नयाँ व्यवस्थापन सहित अहिले पुनः संचालनमा ल्याइएको हो ।




