| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश सरकारद्वारा आउँदो बर्ष तीन दिन थप सार्वजनिक विदा

आउँदो २०८१ सालमा गण्डकी प्रदेश सरकारले तीन चाडपर्व तथा दिवसहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । गत चैत नौ गतेको निर्णय अनुसार प्रदेश सरकारले संघीय सरकारमाताहतका कार्यालयहरुमा समेत लागु हुने गरी तीन दिन विदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारले प्रकाशन गरेको राजपत्रका अनुसार आउँदो वैशाख ४ गते चैते दशैँका अवसरमा विदा हुने भएको छ भने असार २९ गते भानु जयन्तीका अवसरमा र कात्तिक चार गते कोजाग्रत पूर्णिमाका अवसरमा सार्वजनिक विदा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्