
नवज्योती माविमा ट्राफिक सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
गोरखा नगरपालिका–७ डण्डीडाँडास्थित नवज्योती माध्यमिक बिद्यालयमा ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कार्यक्रम भएको छ । स्थानीय यूनाइटेड सेभेन युथ क्लबको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा मंगलवार कार्यक्रम भएको हो।
बिद्यालयका ५ देखि ९ कक्षासम्मका बिद्यार्थीलाई लक्षित गरी कार्यक्रम गरिएको क्लबका अध्यक्ष श्यामआले मगरले बताए । कार्यक्रममा कार्यालयका ट्राफिक असई बसन्त पौडेल र हवल्दार दुर्गा बन्जाडेले सहजिकरण गरेका थिए ।
कार्यक्रम पश्चात क्लबले बिद्यालय आसपासका सडकमा ट्राफिक सचेतनासम्बन्धी साइनबोर्डहरु पनि राखेको छ । क्लबका पदाधिकारीहरुको उपस्थितीमा कार्यक्रम भएको बताइएको छ ।




