| मङ्लबार, कार्तिक २४, २०८३

स्काभेटर तोडफोड गरेको आरोपमा तीन जना पक्राउ

पालुङ्टार नगरपालिका १० बागडाँडामा स्काभेटरमा ढुंगामुढा गरेर तोडफोड गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

गत चैत ८ गते बिहिबार रोकिराखेको स्काभेटरमा ढुंगामुढा गरेको आरोपमा शुक्रबार कपिलवस्तुको शिवराज नगरपालिका ९ बस्ने कुमार घर्ती मगर र सोही ठाउँका विवेक पुन मगर र पोखरा महानगरपालिका १६ का युनिस गुर्बाछाङ मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुविरुद्ध सोमबार आपराधिक उपद्र कसूर शीर्षकमा मुद्दा दर्ता गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्