| मङ्लबार, कार्तिक २४, २०८३

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको अधिवेशन सम्पन्न, अध्यक्षमा सुनार

हरेक दुईबर्षमा हुने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको अधिवेशन यसबर्ष फागुपुर्णिमाको अवसरमा सम्पन्न भएको छ । गोरखा नगरपालिका १० वीरेन्चोकमा आइतबार सम्पन्न संगठनको ११ औँ अधिवेशनले नयाँ कार्यकालका लागि रामबहादुर सुनारको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

संगठनको उपाध्यक्षमा मोहनसिँह बस्नेत, सचिवमा सुवास थापा, उपसचिवमा हरिराम ढकाल र कोषाध्यक्षमा बाबुराम श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । समितिको सदस्यहरुमा राजु घर्ती, कुमार सिर्मल, पदम गुरुङ, चन्द्रबहादुर गुरुङ, रविन अधिकारी, जीवन रोका, सन्दीप सुनार, सूर्यबहादुर खत्री चयन भएका छन् ।

संगठनका केन्द्रीय सदस्य शैलेश लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा नेकपा एमालेका जिल्ला सचिव काजिराम रोका, नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)का जिल्ला अध्यक्ष सुमन श्रेष्ठ, दिनेश तमु, अनेरास्ववियूका गण्डकी प्रदेश समितिका अध्यक्ष प्रवीण श्रेष्ठ, जिफन्टका नगरसमिति अध्यक्ष डिल्लीराम भट्टलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा जिल्ला ट्राफिक कार्यालयका ट्राफिक प्रहरी वसन्त पौडेलले सडक सुरक्षाका बारेमा प्रशिक्षित गरेका नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)का जिल्ला अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्