| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा इच्छा विपरित रंग दल्ने र होहल्ला गर्नेलाई कारवाही हुने

होलिमा इच्छा विपरित रंग दल्नेलाई कारवाही हुने भएको छ । शनिवार सार्वजनिक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले सभ्य रुपमा होली मनाउन आग्रह गरेको छ । कसैको ईच्छा विपरीत रंग दल्ने वा लोला हान्नेलाई कारवाही गरिने प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए ।

मादक पदार्थ सेवन गरी सवारी चलाउने, झै–झगडा गर्ने र होहल्ला गरी शान्ति व्यवस्थामा खलल पु¥याउनेलाई पनि कारवाही गरिने उनले जानकारी गराए । त्यस्तै जिल्ला प्रहरी कार्यालयले पनि शनिवार सूचना जारी गर्दे होली पर्वलाई भड्किलो नबनाउन आग्रह गरेको छ । मोबल, केमिकल र फोहोर पानी नफाल्न आग्रह गर्दै यस्ता गतिविधी गरेमा कारवाही गर्ने चेतावनी दिएको छ ।

रेलिङ नभएको छत, सडक तथा भिडभाड हुने जोखिमपुर्ण स्थानमा होली नखेल्न समेत कार्यालयले आग्रह गरेको छ । ध्वनी प्रदुषण हुने गरी मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने खालको बाजा, माईक, असभ्य र अश्लिल गित तथा ध्वनीहरु नबजाउन समेत भनिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस्