
डढेलो नियन्त्रणका लागी प्रज्वलनशिल पदार्थ व्यवस्थापन
गोरखा नगरपालिका वडा नं. ४, ६ र ८ मा डढेलो नियन्त्रण तथा प्रज्वलनशिल पदार्थ व्यवस्थापन सम्बन्धि कार्यक्रम भएको छ । ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समिति गोरखाको आयोजना तथा गोरखा नगरपालिका र वन डिभिजन कार्यालय गोरखाको समन्वयमा बिहीवार कार्यक्रम भएको हो ।
कार्यक्रम अन्तरगत रक गार्डेन–छतेढुङ्गा–भ्यू टावर–कान्तेस्वाँरा हुदैँ शहिद स्मारक पार्कसम्म प्रज्वलनशिल पदार्थ संकलन गरी बाटोको तल माथी दुई/दुई मिटर आगजनी गरि निभाइएको नगरपालिकाका वातावरण अधिकृत ध्रुव घिमिरेले बताए । कार्यक्रमममा प्रज्वलनशिल पदार्थ व्यवस्थापन गर्दै बन ढडेलो नियन्त्रणका लागी अग्निरेखा निर्माण गरि सामुदायिक वनका पदाधिकारी तथा स्थानीयलाई जानकारी गराएको उनले जानकारी दिए ।
आगलागी नियन्त्रणमा सहयोग पु¥याउने उदेश्यले उक्त कार्यक्रम गरिएको बताइएको छ । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, डिभिजन वन कार्यालयका कर्मचारी, उद्योग वाणिज्य संघ, गोरखा चेम्बर अफ कमर्स, जनप्रतिनिधि, स्थानीय टोल विकास संस्थाका प्रतिनिधी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।




