| मङ्लबार, कार्तिक २४, २०८३

महिला लक्षित बित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा संचालन

गोरखा नगरपालिका–१२ छापगाउँमा बित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा सम्पन्न भएको छ । श्रीमान विदेश भएका महिलाहरुलाई लक्षित गरी कक्षा संचालन गरिएको हो । सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तरगत संचालन भएको उक्त कार्यक्रमको बिहीवार एक कार्यक्रमका बीच समापन गरिएको छ ।

गोरखा नगरपालिका वडा नं १२ का अध्यक्ष डिलबहादुर थापाको अध्यक्षता तथा गोरखा नगरपालिकाका मेयर कृष्ण रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनी, कोष तथा लेखा नियन्त्रण कार्यालय गोरखाका प्रमुख महेन्द्र प्रसाद भण्डारी, गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुबेदी, एकिकरण नेपाल गोरखाको कार्यकारी निर्देशक हरी देबकोटा, तारानगर स्वास्थ्य चौकी प्रमुख रामकाजी दवाडी लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रमका वक्ताहरुले मनोसामाजिक परामर्शले सचेतना बृद्धिका साथै परिवारको मेलमिलापमा टेवा पु¥याएको बताएका थिए । २१ हप्ता सम्म चलेको कार्यक्रममा २३ जनाको सहभागिता रहेको थियो । कार्यक्रम अवधिभर सम्झना थापा र मुक्ता कुमालले सहजिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्