
गोरखामा अफ्रिकन स्वाइन फिभर नियन्त्रणमा आयो, बंगुर ओसारपसार गर्न पाइने
जिल्लाका बंगुरमा देखिएको अफ्रिकन स्वाइन फिभर भाइरस नियन्त्रणमा आएको छ । केही समयअघि बंगुरमा भाइरस देखिएपनि हाल कुनै पनि बंगुरमा यो भाइरस नभेटिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले जनाएको छ ।
‘गोरखा नगरपालिकाका केही बंगुर फर्ममा यो भाइरस देखिएको थियो, करिव १३ वटा बंगुर पनि मरे,’ कार्यालयकी प्रमुख सर्मिला कुमालले भनिन्, ‘तर अहिले त्यो भाइरस पुरै नियन्त्रणमा आइसक्यो ।’ भाइरस नियन्त्रणका लागी जनचेतना अभिवृद्धिका बिभिन्न कार्यक्रम संचालन गरिएको उनले जानकारी दिइन् ।
‘बंगुर ओसार पसार पनि बन्द ग¥यौ, नगरपालिकाले किटनाश औषधी पनि वितरण ग¥यो । यसले पनि भाइरस नियन्त्रणमा सघाउ पु¥यायो,’ उनले भनिन् । अव किसानहरुले बंगुर ओसार पसार गर्न पाउने समेत उनले जानकारी दिइन् । बिशेष गरी गोरखा नगरपालिकाको वडा नम्वर ५, ६, ७ र ९ मा यो भाइरस देखिएको थियो ।




