| मङ्लबार, कार्तिक २४, २०८३

जडीबुटीहरुको महत्वका सम्बन्धमा स्थानीयबासीलाई अभिमुखीकरण

स्थानीय जडीबुटीहरुको पहिचान, प्रयोग र संरक्षणका सम्बन्धमा फिनामबासीलाई अभिमुखीकरण गराइएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र गोरखा घैरुङ शाखाको आयोजनामा मंगलबार गोरखा नगरपालिका वडा नं ४ फिनाममा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

स्थानीय स्तरमा पाइने जडीबुटीहरुको प्रयोगलाई प्रबद्र्धन गर्ने उदेश्यले कार्यक्रम संचालन गरिएको घैरुङ शाखाका प्रमुख प्रशान्त पण्डितले जानकारी दिए ।कार्यक्रममा आयुर्वेद स्वास्थ्य केन्द्र गोरखाका प्रमुख जीवनकुमार श्रेष्ठ र घैरुङ शाखाका प्रमुख प्रशान्त पण्डितले सहजीकरण गराएका थिए ।

उनीहरुले प्रेरणात्मक तरिकाले कार्यक्रममा सहभागी स्थानीयहरुलाई स्थानीय आयुर्वेदिक जडीबुटीहरुको प्रयोगबारे जानकारी दिएका थिए । आयुर्वेदिक जडीबुटीको प्रयोग कम खर्चिलो हुने तथा स्वास्थ्यको लागी पनि फाइदाजनक हुने भएकाले जडीबुटीको प्रयोग बढाउन अभिमुखीकरण कार्यक्रम संचालन गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र गोरखाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्