
लायन्स क्लबको अध्यक्षमा कुँवर
लायन्स क्लब अफ गोरखाको बर्ष २०२४/२५ का लागि नयाँ कार्यसमिति चयन भएको छ । बुधवार भएको निर्वाचनले सुजन कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
जसको प्रथम उपाध्यक्षमा अयोध्या जोशी, द्वितीय उपाध्यक्षमा शरद श्रेष्ठ, तृतीय उपाध्यक्षमा गोविन्द गुरुङ, सचिवमा संजय अधिकारी र कोषाध्यक्षमा राजनराज पन्त रहेका छन् ।
लियो सल्लाहकारमा लक्ष्मण आचार्य, गर्भनर थिम चियर पर्सनमा दिपक श्रेष्ठ, न्यू क्लब एक्टेन्सन चियर पर्सनमा बिदुर बल्लभ भट्टराई, मेम्वरसिप ग्रोथ चियरपर्सनमा नारायणबाबु अर्याल, सर्भिस कमिटि चियरपर्सनमा कृष्णप्यारा श्रेष्ठ चयन भएका छन् ।




