| बिहिबार, कार्तिक २६, २०८३

नियन्त्रित लागु औषध सहित एक व्यक्ति पक्राउ

नियन्त्रित लागु औषध सहित एक व्यक्ति पक्राउ परेको छ । इलाका प्रहरी कार्यलय आबुँखैरेनी तनहुँले नियन्त्रित लागु औषध सहित एक व्यक्तिलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ओमसतिया गाउँपालिका वडा नं ५ रुपन्देहीका २७ वर्षीय जनक हरिजन रहेको प्रहरीले जनाएको छ । हरिजनलाई प्रहरीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा मुग्लिङ तर्फबाट आँबुखैरेनी तर्फ आँउदै गरेको यात्रु बाहक बसमा नियन्त्रित लागु औषध सहित पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले लुकाई छिपाई ल्याएको अवस्थामा डाइजिपाम लेखेको २ एमएल को एम्पुल ४७ थान, फेनरगान लेखेको २ एमएल को एम्पुल ४७ थान र बुफेरनोफाइन् लेखेको २ एमएल को एम्पुल ४७ थान गरी जम्मा १४१ एम्पुल लागु औषध बरामद गरेको छ ।

उनलाई जिल्ला अदालत तनहुँबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँबाट थप अनुसन्धान भईरहेको कार्यलयका प्रहरी निरिक्षक शिव थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्