
जबरजस्ती करणी आरोपमा एक पक्राउ
महिलालाई जबरजस्ती करणी गरेको आरोपमा गोरखामा एक जना पक्राउ परेका छन् । ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा मंगलबार आरुघाट गाउँपालिका ८ का ४० वर्षीय चित्रबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।
शारीरिक तथा मानसिक अवस्था कमजोर भएकी महिलालाई करणी गरेको भन्दै पीडितको आमाले दिएको जाहेरी दरखास्तका आधारमा थापालाई मंगलबार नै पक्राउ गरिएको जिल्लाप्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवम डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनीविरुद्ध बुधबार जिल्ला अदालत गोरखामा जबरजस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट हिरासतमा राख्न म्याद थप अनुमति लिएको डीएसपी श्रेष्ठले बताए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




