
पुष्कर तीर्थ आरती समितिले विविध कार्यक्रम गरी मनायो स्थापना दिवस
साताको हरेक सोमवार गोरखा बजारको रानीपोखरी परिसरमा आरती संचालन गर्दै आएको पुष्कर तीर्थ आरती समितिले आफ्नो स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ ।
शुक्रवार रानीपोखरी परिसरमा भएको कार्यक्रममा समितिलाई सहयोग गर्नेहरुलाई सम्मान गरिएको छ । प्रमाण पत्रले उनीहरुलाई सम्मान गरिएको समिति अध्यक्ष भगवानबाबु मास्केले बताए ।
मास्केको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी भोला दाहालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा समितिले आफ्नो आम्दानी र खर्च विवरण पनि सार्वजनिक गरेको थियो ।
कार्यक्रममा भजन, चुट्का, वालन नाँच प्रस्तुत सँगै आरती समेत संचालन भएको थियो । समितिले २०७९ फागुन ६ गते शिवरात्रीको दिनदेखि रानीपोखरी परिसरमा आरती संचालन गर्दै आएको छ ।




