| मङ्लबार, कार्तिक २४, २०८३

पृथ्वी नारायण साना शहरीले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउने

पृथ्वी नारायण साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १२ औ साधारण सभा सम्पन्न भएको छ ।
शनिवार भएको सभाले उपभोक्तालाई पर्याप्त पानी उपलब्ध गराउन दरौदी लिफ्टिङ खानेपानी आयोजनासँग आवश्यक समन्वय गर्ने निर्णय गरेको छ ।

उपभोक्तलाई प्रविधिमैत्री सेवामा जोड दिदैँ क्यू आर कोडको व्यवस्था गर्ने समेत निर्णय भएको संस्थाका व्यवस्थापन प्रमुख शुशिल अर्यालले बताए । संस्थाको स्थिर एवं भौतिक सम्पत्तिलाई थप व्यवस्थित गर्ने तथा आर्थिक अनियमितता र अपारदर्शीलाई निरुत्साहित गर्ने निर्णय समेत भएको उनले जानकारी दिए ।

कार्यक्रममा संस्थाका सचिव बाबुराम श्रेष्ठले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष नविनकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाकी अध्यक्ष सिता खड्काको अध्यक्षता तथा गोरखा नगरपालिकाका मेयर कृष्ण रानाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिका खानेपानी बोर्डका सदस्य एवं वडा नम्वर १२ का अध्यक्ष डिलबहादुर थापा, वडा नम्वर ६ का अध्यक्ष राजेन्द्रकुमार जोशी, ८ का अध्यक्ष ऋषि खत्री, संस्थाका उपाध्यक्ष सुरेशमान श्रेष्ठ, सल्लाहकार मोहनलाल श्रेष्ठ, क्षेत्रिय समिति संयोजकको तर्फबाट भगवानबाबु मास्के, उपभोक्ता तथा खानेपानी बोर्ड सदस्य गोमा दवाडी, संस्थापक अध्यक्ष बद्रीबहादुर मास्के, समाजसेवी धिरजबहादुर मास्के लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्