| मङ्लबार, कार्तिक २४, २०८३

पोखराको साहारा क्लवद्वारा गोरखाको विद्यार्थीलाई पोशाक वितरण

पोखरास्थित साहारा क्लवले गोरखाको एक गाउँका विद्यार्थीहरुलाई पोशाक र स्टेशनरी वितरण गरेको छ । साहारा क्लव पोखरा र साहारा युकेले सहिद लखन गाउँपालिका ६ ज्यामिरस्वाँरास्थित गणेश आधारभूत विद्यालयका विद्यार्थीहरुलाई ४५ थान पोशाक र स्टेशनरी वितरण गरेका हुन् ।

आइतबार विद्यालयमा पुगेर क्लवले ट्रयाक सुट र टिसर्ट र स्टेशनरी सामग्री प्रदान गरेका स्थानीय खुनप्रसाद रेग्मीले जानकारी दिए । यसअघि भूकम्पले क्षतिग्रस्त सो विद्यालय भवन पनि सोही क्लवले जिल्लाकै सबैभन्दा छिटो पुनर्निर्माण गरेको थियो । त्यसयता क्लवले सो विद्यालयलाई सहयोग गरिरहेको छ ।

पोशाक तथा स्टेशनरी वितरण कार्यक्रममा सहिद लखन गाउँपालिकाका शिक्षा समितिका सदस्य खुनप्रसाद रेग्मी, सो विद्यालयका पूर्व प्रधानाध्यापक गुनबहादुर थापा, साहारा युकेका सल्लाहकार चन्द्र गुरुङ, साहारा क्लव पोखराका पूर्व बोर्ड सदस्य नवराज अधिकारी, नेचर फण्डेडका प्रतिनिधि, सो विद्यालयकी प्रधानाध्यापक बिमला धमला र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोकबहादुर थापाले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्