
गोरखामा १२ दिने डल कुशन बनाउने तालिम सुरु
गोरखामा १२ दिने डल कुशन बनाउने तालिम सुरु भएको छ । पर्यटन तथा उद्योग कार्यालय, गोरखाको आयोजनामा गोरखा नगरपालिका वडा नं. ७ को चालु आ.व. २०८०/०८१ को १५ दिने सिप विकास तालिम अन्तर्गत डल कुशन बनाउने तालिम सुरु भएको हो ।
तालिमको बुधबार एक कार्यक्रमका बीच गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले उद्घाटन गरेका हुन् । तालिम बुधबार १६ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने कार्यालयका प्रमुख सूर्य भुजेलले बताए । तालिममा २१ जनाको सहभागिता रहेको छ । सोही तालिम अन्तरगत ३ दिने उद्यमशिलता बिकास तालिम पनि सम्पन्न भईसकेकाे आयाेजकले जनाएकाे छ। सिकेको सीपको सही ठाउँमा सदुपयोग गरी तालिमलाई दैनिक तथा व्यवहारिक जीवनमा उपयोग गर्नु पर्ने बताएका छन् ।
साथै तालिम प्राप्त गरिसकेपछि तालिमसँग सम्बन्धित व्यवसाय गर्न पनि प्रेरित गरे । सहभागीहरुले उत्पादन गरेको सामाग्रीहरूको बजारीकरणका लागि नगरपालिका, उद्योग वाणिज्य संघ लगायतले समन्वय तथा सहजीकरण गरिदिने कार्यालय प्रमुख भुजेलले जानकारी दिए ।
यस्तै गोरखा नगरपालिका वडा नं. २ मंगलबार कोखेमा १५ दिने सिप विकास तालिम सम्पन्न गरिएको उनले बताए । सो तालिम फागुन १ गतेबाट सुरु भएर १५ गतेसम्म सञ्चालन भएको थियो । तालिमलाई सुस्मिता गुरुङले सहजिकरण गर्ने भएका छन् ।
गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण बहादुर राना मगरको प्रमुख आतिथ्यता एवम् कार्यालयका प्रमुख सूर्य भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, वडा नम्बर ७ का वडा सदस्यहरू विभा अछामी रोका र सरस्वती गुरूङ, नेपाल पत्रकार महासंघ गोरखाका कार्यबाहक अध्यक्ष नरेन्द्र ढकाल, चिनारी बहुउद्देश्यी सिकाई केन्द्रका अध्यक्ष राममाया श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।




