
रोट्रयाक्ट क्लब अफ बज्र मनासलुद्धारा झोला वितरण
रोट्रयाक्ट क्लब अफ बज्र मनासलुले शैक्षिक सामग्री (झोला) वितरण गरेको छ । आईतबार क्लबले अजिरकोट गाउँपालिका १ स्थित धनसिरा माध्यमिक विद्यालयको ५१ औँ अभिभावक दिवसको अबसर पारेर विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई झोला वितरण गरेको हो ।
विद्यालयको कक्षा १ देखी ५ सम्म अध्यनरत विद्यार्थीहरुलाई करिब ३० हजार बराबरको ४० थान झोला वितरण गरेको क्लबका अध्यक्ष सन्दिप बयालकोटीले जानकारी दिए । क्लबले आगामि दिनहरुमा पनि यस्तै सहयोग गर्ने बयालकोटीको भनाइ छ । यस्तै क्लबले नारी दिवसको अवसरमा फागुन २५ गते पाँचौ खुल्ला महिला दौड प्रतियोगिता गर्ने भएको छ ।
रङ्गशाला– हरमटारी– शक्तिचोक– पुरानो बसपार्क– वि.पि चौतारा– ठुलोआँगन– पाटेचौर– हुदै रङ्गशाला आइपुग्ने गरी दौडको लागी रुट तय गरिएको क्लबका अध्यक्ष बयालकोटीले बताए । दौड प्रतियोगिताका बिजेताले सात हजार नगदको साथमा मेडल र प्रमाणपत्र पप्त गर्ने उनले बताए । द्धितिय र तृतिय क्रमश पाँच हजार, तीन हजारको साथमा मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।




