
स्थापना दिवसको अवसरमा गुरुकुललाई खाद्यन्न सहयोग
म्हिला उद्यमी संघ नेपाल गोरखाले गोरक्षनाथ बैद्धिक गुरुकुललाई खाद्यान्न सहयोग गरेको छ । तेस्रो स्थापना दिवसको अवसर पारेर संघले खाद्यान्न सहयोग गरेको हो
शनिवार गुरुकुल पुगेर संघकी अध्यक्ष रिता रेग्मी अर्यालले गुरुकुल बिद्यालय व्यवस्थापन समिति अध्यक्ष बोधप्रसाद अधिकारीलाई खाद्यान्न हस्तान्तरण गरेकी हुन् ।
गुरुकुलमा अध्ययनरत बिद्यार्थीलाई लक्षित गरी चना, केराउ, दाल, चिउरा, बिस्किट लगायतका खाद्यान्न सहयोग गरिएको संघकी सचिव सिजर्ना पाण्डेले बताइन् । गुरुकुलमा हाल १८ जना बिद्यार्थी आवासिय सुविधा सहित बस्दै आएका छन् ।




