
डिजेल चोरी गर्ने दुई जना पक्राउ
तनहुँमा स्काईभेटरबाट डिजेल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत बुधबार राती तनहुँको शुक्लागण्डकी नगरपालिका–७ खैरेनिटार तिम्सिनाचोकमा पार्किङ गरेर राखेको बा २ क ३२२८ नम्वरको स्काईभेटरको ट्याङ्कीबाट १७० लिटर डिजेल चोरी भएको थियो ।
चोरी गरेको आरोपमा ग १ ख ६८०७ नं को टिप्पर धनी समेत रहेका तनहुँको व्यास नगरपालिका–१० वैरेनी बस्ने ३० वर्षीय अर्जुन बिक र टिप्पर चालक सोही स्थानका ३२ वर्षीय लिलामणी दराई रहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।
उनीहरु दुवैलाई गत बिहीबार दिउँसो तनहुँको भिमाद नगरपालिका वडा नं ७ भिमादचोकमा फेला पारी नियन्त्रणमा लिईएको र विकको घरबाट २ सय ६५ लिटर डिजेल समेत वरामद भएको कार्यालयका सूचना अधिकारी मोहनबहादुर खाँणले बताए । घटनाबारे थप अनुसन्धान भईरहेको बताइएको छ ।




