
गोरखामा मृत अवस्थामा चितुवा फेला
गोरखामा मृत अवस्थामा भाले चितुवा फेला परेको छ । बारपाक सुलिकोट गाँउपालिका–५ कुमालटारीस्थित ज्वालामुखी सामुदायीक बन क्षेत्रमा शुक्रबार चितुवा फेला परेको पालुङटार सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अर्जुनबहादुर अच्छामीले बताए ।
‘मृत फेला परेको चितुवाको एक साइड कुहिएर गनाएको थियो,’ उनले भने, ‘के कारणले म¥यो भन्ने चाँही यकिन भएको छैन ।’ स्थानीयले चितुवा मृत अवस्थामा देखेपछि डिभिजन बन कार्यालयलाई खबर गरेका थिए ।
जनप्रतिनिधि, स्थानीय र प्रहरीको रोहवरमा मृत भेटिएको उक्त चितुवालाई बारपाक सव डिभिजन बन कार्यालय बालुवा परिसरमा गाडिएको उनले बताए ।
चितुवा के कारणले म¥यो भन्ने बारे प्रारम्भिक अनुसन्धान सुरु गरिएको बन अधिकृत अच्छामीले जानकारी दिए । चितुवाको लम्बाइ ८२ इन्च र उचाइ २० इन्च रहेका बताइएको छ ।




