
खाजा घरबाट नगद चोरी गरेको आरोपमा एक व्यक्ति पक्राउ
चोरी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा रसुवा घर भई हाल गोरखाको अजिरकोट गाउँपालिका वडा नम्वर ३ बस्ने केशव श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
२५ बर्षीय श्रेष्ठले गत बिहिबार अजिरकोट गाउँपालिका–३ स्थित सम्झना गुरुङले सञ्चालन गरेको खाजा घरको ढोकाको ताल्चा फुटाई नगद ३८ हजार, खुकुरी चुरोट १६ बट्टा र काठको बाकस चोरी गरेको जिल्ला प्रहरी कार्यलय गोरखाका सूचना अधिकारी डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।
बिहीवार पक्राउ परेका श्रेष्ठ बिरुद्ध शुक्रवार नकवजनी चोरी कसूर शीर्षकमा मुद्दा दर्ता भएको उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




