
प्रहरीलाई प्रविधिसँगै स्रोत साधनमा सम्पन्न बनाउदैँ लान्छौं : डिआइजी खनाल
प्रहरीलाई प्रविधिसँगै स्रोत सधानमा सम्पन्न बनाउँदै लैजाने गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी बिकासराज खनालले बताएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाको निरिक्षणका क्रममा शुक्रवार गोरखा आएका उनले जिल्लाका पत्रकारसँग कुराकानी गर्दै सो कुरा बताएका हुन् ।
‘भौतिक संरचनाको हिसावले गोरखाको प्रहरी कार्यालय सम्पन्न नै देखियो,’ उनले भने, ‘यही अनुसार कार्यसम्पादन पनि उचित हुनुपर्छ ।’ नागरिकको सेवालाई प्राथमिकतामा राख्दै संगठनको आन्तरिक सुदृढिकरणमा समेत जोड दिने उनले बताए । समुदायमा नागरिक सचेतना कार्यक्रमलाई व्यापक बनाउँदै लैजाने उनले जानकारी दिए ।
दरवन्दी अनुसार जनशक्ति अभावको समस्या प्रदेशभर नै रहेको बताउँदै उनले क्रमिक रुपमा त्यसको पदपूर्ती गर्दै लैजाने जानकारी गराए । ‘धेरै ठाउँमा यूनिट थप गुर्नप¥यो भनेर माग पनि आइरहेको छ, अहिले यूनिट थप गर्दा पूर्वाधार लगायतका अन्य मापदण्डहरु पनि छन् । त्यही अनुसार आवश्यकताका आधारमा यूनिट पनि थप गर्दै जान्छौ,’ उनले भने ।




