| मङ्लबार, कार्तिक २४, २०८३

सुस्त बाइक राइडिङ प्रतियोगितामा यसबर्ष पनि आशिष प्रथम

लियो क्लब अफ गोरखाले ३६ औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । दिवसको अवसर पारेर मंगलवार सुस्त गतिमा बाइक चलाउने प्रतियोगिता भएको छ ।‘तिब्र गति जीवनको क्षति’ भन्ने नाराका साथ बसपार्कमा भएको प्रतियोगितामा आशिषकुमार भट्ट प्रथम भएका छन् । ब्लेशन बयलकोटी दोस्रो र मिलन उपरकोटी तेस्रो भएको क्लबका निवर्तमान अध्यक्ष बालकृष्ण परियारले बताए । भट्ट बिगतबर्षहरुमा पनि प्रथम भएका थिए ।

उनका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई फुल हेलमेट, मेडल र प्रमाणपत्र दिइएको छ । दोस्रो हुनेले हाफ हेलमेट, चेस्टगार्ड, मेडल र प्रमाणपत्र र तेस्रो हुनेले हाफ हेलमेट सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको बताइएको छ ।कुल दुई सय मिटर दुरीको प्रतियोगितामा २८ जनाको सहभागिता रहेको थियो ।

क्लबका अध्यक्ष मोहन श्रेष्ठको अध्यक्षता तथा क्लबका संस्थापक अध्यक्ष शितलकाजी मास्केको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम भएको थियो । दिवसकै अवसर पारेर सोमबार सरसफाई कार्यक्रम समेत भएको बताइएको छ । आज बुधबार रक्तदान कार्यक्रमको समेत आयोजना गरेको क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्