
आठौ गोर्खाली रनिङ कपमा सोमवार तीन खेल सम्पन्न
जिल्ला सदरमुकामको हरमटारी खेलमैदानमा जारी मिस्टर बि आठौँँ गोर्खाली रनिङ कपको दोस्रो दिन सोमवार तीन खेल सम्पन्न भएका छन् । पहिलो खेल नेपाली सेनाको रिपुमर्दन गण गोरखा र भिमसेन तारा युवा क्लबबीच भएको थियो । उक्त खेलमा ४–० को गोल अन्तरले भिमसेन तारा बिजयी भएको छ ।
अल स्टार एफसी आँवुखैरेनी र घैरुङ एफसीबीच भएको दोस्रो खेलमा ६–३ गोल अन्तरले अल स्टार बिजयी बनेको आयोजक हरमटारी युवा क्लबले जनाएको छ ।अन्तिम खेल पृथ्वी युवा क्लब गोरखा र त्रिवेणी युवा क्लब मुग्लिन बीच भएको थियो । निर्धारित समयमा दुवै टिमको तर्फबाट १/१ गोल भएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । जसमा ६–५ को गोल अन्तरले पृथ्वी युवा क्लब बजयी बनेको छ ।
आज मंगलबार दुई खेल हुने आयोजकले जनाएको छ । पहिलो खेल दिउँसो १ बजे आरुमेल मुस्लिम युवा क्लब र याङकोट युवा क्लबबीच हनेछ भने दोस्रो खेल दिउँसो ३ बजे आरुघाट गाँउपालिका र चाइनिज धारा फेमिली बीच हुने बताइएको छ ।




