| मङ्लबार, कार्तिक २४, २०८३

अपङ्गता भएका व्यक्तिलाई डल्लो साबुन बनाउने तालिम

शहीद लखन गाँउपालिका–६ घैरुङमा अपङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी तीन दिने डल्लो साबुन बनाउने तालिम संचालन गरिएको छ । प्रगतिशील अपाङ्ग संघ गोरखाको आयोजना तथा सामाजिक विकास कार्यालय गोरखाको आर्थिक सहयोगमा घैरुङ बाँस्कोटमा तालिम संचालन गरिएको हो ।

फागुन ३ गते देखि ५ गतेसम्म सञ्चालन भएको तालिममा २७ जनाको सहभागिता रहेको थियो । तालिम अवधिभर सुसन भुजेलले सहजीकरण गरेका थिए । तालिमको शनिवार एक कार्यक्रमका बीच समापन गरिएको हो । समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । पालिका अध्यक्ष रमेश थापा मगरले प्रमाणपत्र वितरण गरेका हुन् ।

संघका अध्यक्ष अमर गुरुङको अध्यक्षता तथा गाँउपालिका अध्यक्ष मगरको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा वडा नम्वर ६ का अध्यक्ष दिलिप नारायण थापा, सामाजिक विकास कार्यालयका प्रशासन प्रमुख तुल्सीसिङ गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्