| मङ्लबार, कार्तिक २४, २०८३

नाफानको अध्यक्षमा गोरखाका देवकोटा

राष्ट्रिय जनवकालत मञ्च नेपाल (नाफान) को अध्यक्षमा हरि देवकोटा निर्वाचित भएका छन् । आइतबार सम्पन्न संस्थाको १८ औं साधारणसभा तथा अधिवेशनबाट देवकोटा अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

अधिवेशनबाट उपाध्यक्षमा शोभा न्यौपाने, सचिव चन्द्रप्रसाद थानी, सहसचिव बच्चु शाह कानु र कोषाध्यक्षमा सरस्वती परियार चयन भएका छन् । सदस्यहरुमा भोलानाथ पौडेल, यज्ञबहादुर निरौला, नवराज पोखरेल, अमिका राजथला, सञ्जिता ठाकुर र विकल्प भट्टराई रहेका छन् ।

संस्थाले प्राकृतिक स्रोत माथिको जनअधिकार लागि बिभिन्न सरोकारवालाहरुसंगको सहकार्यमा अभियान, पैरवी सञ्चालन गर्ने, पछाडी परेका र पारिएका समुदाय तथा ब्यक्तिको हकअधिकार सुनिश्चितताका लागि जनवकालत गर्ने गर्दछ ।

सन् २००४ मा स्थापना भएको यस संस्थाले विश्वव्यापी रुपमा जलवायु परिवर्तन, प्राकृतिक श्रोतको संरक्षण, आप्रवासन, मानव अधिकार लगायतका सवालहरुमा पनि काम गर्दै आईरहेको छ । ग्लोवल गभरनेन्सको एजेण्डालाई बिशेष जोड दिने नवनिर्वाचित अध्यक्ष देवकोटाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्