| मङ्लबार, कार्तिक २४, २०८३

गोरखकाली रबर उद्योगलाई नयाँ मोडालिटीमा सञ्चालन गरिनेः गृहमन्त्री श्रेष्ठ

उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले बन्द अवस्थामा रहेको गोरखकाली रबर उद्योगलाई नयाँ मोडालिटीमा सञ्चालन गर्ने बताएका छन् । पालुङटार ७ स्थित जीवन ज्योती माविको ५६ औं वार्षिक उत्सव समारोहमा बोल्दै उनले बूढीगण्डकी जलविद्युत आयोजनो यसैवर्ष शिलान्यास गर्ने पनि बताए ।

‘गोरखकाली रबर उद्योगलाई नयाँ मोडालिटीमा सञ्चालन गर्ने र बूढीगण्डकी जलविद्युत परियोजनालाई यहीवर्षभित्र शिलान्यास गरी काम अघि बढाउने तयारीमा छौं,’ उनले भने । बेनिघाट, आरुघाट लार्के सडकमा सवारी चल्ने गरी सडक पु¥याउने, पालुङटारको सिचाईं योजनामा बजेट थप गरीे काम अघि बढाउने, च्याङलीमा यसै शैक्षिक शत्रदेखि कृषि क्यापस सुरु गर्ने, पालुङटारमा चीन सरकारको सहयोगमा ठूलो टेक्निकल पार्क स्थापना गर्ने तयारी रहेको गृहमन्त्री श्रेष्ठले जानकारी गराए ।

टेक्निकल पार्कले विकास योजनाको निम्ति ढोका खोल्ने उनले बताए । ‘टेक्निकल पार्क स्थापना भयो भनी यसले विकास योजनाको निम्ति ढोका खोल्ने काम गर्नेछ,’ उनले भने । आगामी वर्षको बजेटमा नयाँ पुलदेखि विरुवाटारसम्मको बाटोलाई कालोपत्रे बनाउने योजना बनाएको उनले बताए ।

जिल्लामा पनि आगमी बजेटमा केही महत्वपूर्ण योजनाहरु ल्याउने तयारीमा रहेको उनले बताए । गृहमन्त्री श्रेष्ठले सामुदायिक विद्यालय तथा क्यापसमा सर्वसुलभ रुपमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर दिलाउनु आजको सरकारको मूल ध्याय भएको बताए । ‘पूर्वाधारको पनि पूर्वाधार भनेको शिक्षा हो । हाम्रो सामुदायिक विद्यालय तथा क्यापसमा पनि सर्वसुलभ रुपमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर दिलाउनु आजको सरकारको मूल ध्याय हो,’ उनले भने, ‘हामीले शिक्षालाई जनमुखी र वैज्ञानिक बनाउने भन्ने दिशातिर प्रयत्न गरिराखेका छौं ।’

सबै राजनीतिक परिवर्तनको उद्देश्य देशमा लोकतन्त्र स्थापना गर्नु रहेको उनको भनाइ छ । ‘हामीले देशमा ठूलो राजनितिक परिवर्तन ग¥यो , नयाँ संविधान बनायौ, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना ग¥यो, समाजवाद उन्मुख लोकतन्त्र स्थापना ग¥यो,’ उनले भने । साथै अपराधीहरुलाई दण्डित गरी कानुनको दायरामा ल्याउने बताए । ‘अबदेखि भ्रष्टचारीहरुले टाउको उठाउन पाउने छैनन् भन्ने सन्देशसहित हामी सुशासन कायम गर्ने पक्षमा लागि राखेका छौं’ उनले भने । साधन स्रोत र पैसाको कमिले भने जस्तो विकास हुन नसकेकोमा उनले गुनासो व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्