
गोरखामा एक महिलाको बेवारिसे शव फेला
गोरखामा एक महिलाको बेवारिसे शव फेला परेको छ । गण्डकी गाउँपालिका ६ फिस्लिङस्थित त्रिशुली नदीको किनारमा भित्री बस्त्र मात्र लगाएको अवस्थामा महिलाका बेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ ।
अन्दाजी २५/३० वर्षकी महिलाको शव त्रिशुली नदीमा ढुङ्गामा अड्किएको अवस्थामा फेला परेको गोरखाका प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिए । बुधबार दिउँसो करिब ४ बजेतिर स्थानीयले देखेपछि भुम्लीचोक प्रहरी चौकीलाई खबर गरेका थिए ।
बर पाएलगत्तै प्रहरीे टोली घटना स्थलमा पुगी मुचुल्का उठाई शव पोष्टमार्टमका लागि जिल्ला अस्पाताल गोरखा ल्याएको उनले बताए । शवको पहिचान खुल्न सकेको छैन । मृतकको शरीरमा कुनै प्रकारको चोटपटक नदेखिएको प्रहरीले जनाएको छ ।
शव पहिचानकाा लागि जिल्लाभित्र र नजिकका अन्य प्रहरी चौकीमा पनि हुलियासहितको विवरण पठाएको प्रहरी निरीक्षक खड्काले बताए । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ




