
उत्तरी गोरखाको धार्चेमा मावि स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
उत्तरी गोरखाको धार्चे गाउँपालिकामा माध्यमिक तह स्तरीय शिक्षक भलिवल प्रतियोगिता हुने भएको छ । लाप्राकको मणिकामदेवी माविको आयोजनामा फागुन ४ गतेबाट प्रतियोगिता हुन लागेको हो ।
विद्यालयको ६३ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसर पारेर प्रतियोगिता गर्न लागिएको प्रधानाध्यापक धनबहादुर गुरुङले बताए । ‘पालिकाभित्र कुन शिक्षक कहाँ पढाउनु हुन्छ भन्ने थाहा छैन, एक आपसमा चिनजान गर्न पनि आवश्यक छ,’ उनले भने, ‘यस खेलद्धारा शिक्षकहरु बीचको मित्रता थप प्रगाण बनाउँछ भन्ने आशा छ ।’
सोही अवसरमा ३० वर्ष माथिका युवाहरुको भेटेरान भलिबल प्रतियोगिता पनि हुने बताइएको छ । दुवै प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश आठ हजार, पाँच हजार र छ हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र पाउनेछन् ।
सहभागीताका लागी टिम दर्ता शुल्क भने नलाग्ने आयोजकले जनाएको छ । ७ गते सम्म चल्ने प्रतियोगितामा पालिका भित्रका ९ वटा माविको सहभागिता रहने बताइएको छ ।





