
माओवादी गोरखाले विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाउने
माओवादी गोरखाले आउँदो फागुन १ गते बिभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाउने भएको छ । जनयुद्ध सुरु भएको दिनको स्मरणमा माओवादी गोरखाले फागुन १ लाई २९ औं जनयुद्ध दिवसका रुपमा मनाउने निर्णय गरेको हो ।
दिवसका अवसरमा वाइसिएल गोरखा र अखिल क्रान्तिकारी गोरखाले सदरमुकाममा रक्तदान र दीप प्रज्वलन कार्यक्रम गर्ने निर्णय गरेका छन् । ‘सदरमुकाममाचाहिँ वाइसिएल र विद्यार्थी संगठनले रक्तदान र द्वीप प्रज्वलन कार्यक्रम गर्छन् ।
लिका–पालिकामाचाहिँ त्यहीँको पार्टी कमिटीले कार्यक्रम तय गरेका छन्’, माओवादी गोरखाका जिल्ला इञ्चार्ज अमर तमुले भने, ‘हामीचाहिँ विधान सभामा भाग लिन राजधानी जानुपर्ने भयो ।’ दसबर्षसम्म चलेको जनयुद्ध २०५२ साल फागुन १ गतेबाट सुरु भएकाले माओवादीले सो दिनलाई जनयुद्ध दिवसको रुपमा मनाउदै आएको छ ।




