
गोरखामा पत्रकार आचारसंहिता जागरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
गोरखामा पत्रकार आचारसंहिता जागरण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ गोरखा शाखाको संयोजनमा आईतवार कार्यक्रम भएको हो ।
जिल्लामा क्रियाशिल पत्रकारिहरुलाई लक्षित गरी आयोजित कार्यक्रममा पत्रकार आचार संहिता, पत्रकारको हक अधिकार र जिम्मेवारी लगायतका बिषयमा छलफल भएको थियो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य दिपक पाण्डे, दुर्गा भण्डारी र काउन्सिलका प्रवक्ता दिपक खनालले सहजीकरण गरेका थिए ।
कार्यक्रममा सहभागीहरुले जिल्लाको पत्रकारिता क्षेत्रमा देखिएको चुनौती र समस्याबारे काउन्सिलको ध्यानाकर्षण गराएका थिए ।
पत्रकार महासंघ गोरखाका कार्यवहाक अध्यक्ष नरेन्द्र ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, नेपाल बार एसोसियसन गोरखाका अध्यक्ष यादव शर्मा, सामुदायिक रेडियो प्रशारक संघ (एकोराव) का महासचिव किशोर थापा, पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव कैलाशबाबु श्रेष्ठ लगायतले धारणा राखेका थिए ।




