| मङ्लबार, कार्तिक २४, २०८३

सिर्दिवास उहिया साना जलविद्युत उपभोक्ता समितिको अध्यक्षमा पुनः सुजन

सिर्दिवास उहिया साना जलविद्युत उपभोत्ता समितिको अध्यक्षमा पुनः सुजन गुरुङ चयन भएका छन् । समितिको शनिबार सम्पन्न भएको पहिलो साधारण सभा तथा दोस्रो अधिवेशनबाट गुरुङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा जितलाल गुरुङ,सचिवमा आशा गुरुङ, सहसचिव दिपेन्द्र गुरुङ र कोषाध्यक्षमा इन्द्रप्रसाद गुरुङ चयन भएका छन् । समितिको सदस्यहरुमा इन्द्र गुरुङ, दलबहादुर गुरुङ, सोनी गुरुङ, पुष्पा गुरुङ, राम बहादुर गुरुङ, कमिक गुरुङ, कर्म लामा गुरुङ, रनबहादुर गुरुङ, भरत घले र मिनबहादुर बराल चयन भएको कोषाध्यक्ष गुरुङले बताए ।

उनका अनुसार समितिसँग तीन करोड ८१ लाख ९४ हजार ६८८ रुपैयाँ रहेको बताए । समितिमा ९ सय ६५ जना उपभोक्ता सदस्य रहेका छन् । समितिका अध्यक्ष सुजन गुरुङको अध्यक्षता तथा चुमनुब्री गाँउपालिका वडा नं. ३ का वडाध्यक्ष रामकुमार गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समितिका निवर्तमान उपाध्यक्ष रामकुमारी गुरुङ, मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का प्रमुख सन्तोष शेरचन लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्