
विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीको अध्यक्षमा भीषण
बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २४ औँ जिल्ला सम्मेलन तथा अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न अधिवेशनले भीषण सीको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संगठन बिस्तारको क्रममा सबै जिल्लामा सम्मेलन गर्दै आएको पार्टीका पूर्व गण्डक युवा संगठन ईन्चार्ज रन गुरुङले बताए ।
नेकपा स्थायी समिति सदस्य तथा अखिल (क्रान्तिकारी) का फ्याक्सन इन्चार्ज उमा भुजेलले सम्मेलनको उद्घाटन गरेकी थिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले राज्यको शिक्षा प्रणाली अप्राविधिक रहेको बताइन् । नेपालको शिक्षा प्रणालीले मजदुर उत्पादन मात्र गर्ने भन्दै व्यवहारमा लागु हुने शिक्षामा जोड दिन सुझाव दिइन् । कार्यक्रमका सहभागीहरुले वैज्ञानिक शिक्षामा जोड दिनुपर्ने माग राखेका थिए ।
कार्यक्रममा पार्टीका पूर्व गण्डक व्युरो ईन्चार्ज आदर्श, पश्चिम २ नं अखिल(क्रान्तिकारी) ईन्चार्ज प्रकाश, नेकपा जिल्ला ईन्चार्ज कपिल भट्टलगायत पार्टीका पदाधिकारीहरुको सहभागिता रहेको थियो । औपचारिक कार्यक्रम हुनुअघि बिद्यार्थीहरुले ¥याली समेत गरेका थिए । बसपार्कबाट सुरु भएको ¥याली बिसौनीमोड, जिविसचोक हुदैँ जिल्ला समन्वय समितिको हलमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।




