| मङ्लबार, कार्तिक २४, २०८३

उत्तरी गोरखाको सामागाउँमा हिमपात

चुमनुब्री गाउँपालिका वडा नं १ सामागाउँमा हिउँ परेको छ । आइतबार दिउँसो १ बजेबाट हिमपात सुरु भएको हो । हिमपात भएपछि बाली राम्रो हुने त्याहाँका स्वास्थ्यकर्मी लक्ष्मण कार्कीले बताए । उनका अनुसार २/३ दिन अघि पनि हिमपात भएको थियो । तर, आइतबारको हिमपात यो बर्षकै ठूलो भएको उनले बताए ।

बेलुकासम्म डेढ फिट हिउँ परेको कार्कीले जानकारी दिए । हिमपातका कारण जाडो छल्न तथा फुर्सदको समयमा भ्रमण गर्न सहरतिर झरेका स्थानीय बासिन्दाहरुलाई भने गाउँ फर्कन असहज हुने उनले बताए । हिमपातले उत्तरी भेगका ग्याल्पो लोसार मनाउने बौद्ध धर्मावलम्बीहरूलाई प्रभाव पर्ने उनको भनाई छ ।

‘राम्ररी हिउँपरेपछि बारीका खेतीबाली र लेकका यार्सागुम्बा लगायतका जडिबुटी फस्टाउने भएकाले स्थानीयबासी खुशी छन्’ उनले भने । उत्तरी गोरखाको ल्हो, स्याला, छेकम्पार लगायतका ठाउँहरुमा पनि हिमपात भइरहेको छ । हिमपातका कारण ती क्षेत्रमा टेलिफोन सेवा समेत अवरुद्ध बनेको छ ।

प्रतिक्रिया दिनुहोस्