| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा दुई फरार अभियुक्त पक्राउ

बैकिङ्ग कसूर मुद्दामा फरार रहेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा नगर पालिका वडा नं १ का ५२ वर्षीय रामकुमार भट्ट र पालुङटार नगरपालिका वडा नं १ बस्ने ३५ वर्षीय गोविन्दबाबु अधिकारी रहेको जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ ।

जिल्ला अदालत गोरखाले बैकिङ कसूर मुद्दामा भट्टलाई ३ दिन कैद र दुई लाख पचास हजार जरिवाना र अधिकारीलाई ३ वटा मुद्दामा प्रत्येकमा तीनहजारका दरले जरिवाना गरी जम्मा नौ हजार रुपैँया जरिवाना तोकेको थियो ।

फरार दुवै जनालाई प्रहरीले पक्राउ गरी तोकिएको कैद र जरिवाना सजायँ असुल गर्ने जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्