
लागु औषधसहित एक युवा पक्राउ
नियन्त्रित लागु औषध नियन्त्रण अभियानमा रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले लागुऔषध कारोबारी एक युवालाई पक्राउ गरेको छ ।
पृथ्वीराजमार्गमा नियमित सवारी चेकजाँचका क्रममा आँबुखैरेनी गाउँपालिका ४ बेनिटारबाट प्रहरीले भानु नगरपालिका १ नयाँबस्तीका २८ बर्षका वुद्धिबहादुर तामाङलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
तामाङको साथबाट लुकाई छिपाई ल्याएको नियन्त्रित लागु औषध डाइजेपाम, फेनार्गन र नोफिन पनि बरामद गरिएको प्रहरी निरीक्षक शिव थापाले जानकारी दिए । तामाङलाई तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी ईलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँबाट थप गरेर अनुसन्धान गरिरहेको इन्स्पेक्टर थापाले जानकारी दिए ।




