| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा नयाँ भन्दा प्रतिलिपि नागरिकता लिनेको संख्या धेरै

गोरखामा नयाँ नागरिकता बनाउनेभन्दा प्रतिलिपि नागरिकता लिनेको संख्या धेरै रहेको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि पुस मसान्तसम्म तीनहजार ६२१ जनाले नयाँ नागरिकता लिएका छन् । नयाँ नागरिकता लिनेमध्य एक हजार ९२७ जना महिला तथा एक हजार ६९४ जना पुरुष रहेका छन् ।
नागरिकता लिनेमा पुरुषको संख्या भन्दा महिला २३३ जना बढी रहेको कार्यालयको तथ्याङकमा उल्लेख छ । छ महिनाको अवधिमा प्रतिलिपि नागरिकता लिनेको संख्या तीन हजार ७७८ जना रहेका छन् । जसमध्य एक हजार ६६८ महिला र दुई हजार ११० जना पुरुष छन् । प्रतिलिपि लिनेमा भने पुरुषको संख्या महिलाकोे तुलनामा ४४२ जना धेरै रहेको छ ।

कार्यालयबाट वितरित वंशजको आधारमा नागरिकता जारी गर्ने भए पनि अहिलेसम्म त्यस्ता प्रकारका नागरिकताका लागि सिफारिस नआएको कार्यालयका प्रशासकीय अधिकृत चुडानिधि तिवारीले बताए । यस अवधिमा कार्यालयले २६ जनालाई गैर आवासीय नागरिकता पनि बितरण गरिएको छ । जसमा ३ जना महिला र २३ जना पुरुष रहेका छन् । कार्यालयबाट दुई जना महिलाले, बैवाहिक अंगीकृत लिएको उनले जानकारी दिए ।

गोरखा प्रशासनले असोज १६ गतेदेखि पहिलो पटक आमाको नामबाट पनि नागरिकता वितरण गर्न सुरु गरेको थियो । आमाको नामबाट नागरिकता वितरण सुरु भएदेखि अहिले सम्म १२ जनालाई वितरण गरिएको उनले बताए । जसमध्य ३ महिला र पुरुष ९ जना रहेका छन् ।

त्यस्तै सोही अवधीमा बंशजको आधारमा कार्यालयले ३ हजार ५८१ जनालाई नागरिकता बितरण गरेको छ । बंशजको आधारमा नागरिकता लिनेमा १ हजार ९१९ महिला र १ हजार ६६२ जना पुरुष रहेको कार्यालयको विवरणमा उल्लेख छ ।

कार्यालयको अनुसार बंशज, जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई वितरित नागरिकता, बैवाहिक अंगीकृत, आमाको नामबाट, गैरआवासीय र नागरिकताको प्रतिलिपि गरि ६ प्रकारका नागरिकता उपलब्ध गराउदैं आएको छ ।

प्रतिक्रिया दिनुहोस्