
गोरखामा एनसेल घोटाला बिरुद्ध शान्ति समाजको प्रदर्शन
मानवअधिकार तथा शान्ति समाज गोरखाले एनसेलले राजस्वमा घोटाला गरेको बिरुद्धमा सोमबार विरोध प्रदर्शन गरेको छ । एनसेल महाघोटाला प्रकरणले देशलाई झण्डै तीन खर्व नोक्शानी पु¥याएको भन्दै समाजले विरोध प्रदर्शन गरेको हो । पहुँचका आधारमा भएको चलखेल राज्य बिरुद्धको अपराध भएको भन्दै विश्वसनीय छानविन आयोग गठन गर्न सरकारसंग माग गर्दै बिरुद्ध प्रदर्शन गरिएको जिल्ला सभापति गोमा दुवाडीले बताइन् ।
एनसेल महाघोटालमा संलग्न प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री जो कोही भए पनि कानुनसम्मत ढंगले कारवाहीको मागसहितको ब्यानर प्रदर्शन गरिएको उनले बताइन् । एनसेल महाकाण्डका बिभिन्न प्लेकार्डहरु प्रदर्शन गरिएको उनले जानकारी दिइन् । माग सम्बोधन नभएसम्म एनसेल महाघोटालाबिरुद्ध निरन्तर खवरदारी र प्रदर्शन गरिरहने सभापति दुवाडीको भनाई छ ।
केन्द्रीय सचिव सिताराम तिवारी, उपसभापति शरद श्रेष्ठ, पूर्व सभापति यदु अधिकारी, पूर्व केन्द्रीय कोषाध्यक्ष स्थानेश्वर दुवाडीलगायत शान्ति समाजका कार्यसमिति सदस्यहरुको उपस्थितिमा विरोध प्रदर्शन गरिएको थियो । मानवअधिकार तथा शान्ति समाजले एनसेल काण्ड बिरुद्ध चरणबद्ध र देश व्यापी रुपमा प्रदर्शन समेत गरेको छ ।




