| मङ्लबार, कार्तिक २४, २०८३

मोबाइल चोरी गर्ने २ बालक पक्राउ

मोबाइल चोरी गरेको आरोपमा २ बालक पक्राउ परेका छन् । गोरखा नगरपालिका वडा नं ११ स्थित सरला श्रेष्ठको नाबालक छोराको हातबाट स्यामसुङ कम्पनीको मोबाईल खोसेर भागेका ती बालकहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
१५ बर्षका नाम परिवर्तित (ट कुमार) र १४ बर्षका नाम परिवर्तित (ठ कुमार) पक्राउ परेका प्रहरीले जनाएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिएर चोरी कसूर शीर्षकमा मुद्दा दर्ता गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्