| बुधबार, कार्तिक २५, २०८३

शहिद लखनमा एक पुरुषको शव फेला

शहीद लखन गाउँपालिका–५ खुर्कागाउँस्थित दिसिप्त्त खोल्सामा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ३५ बर्षीय पुरुषको शव सडे गलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । ‘भित्तामा आड लागेर बसेको अवस्थामा शव थियो,’ डिएसपी रमेशकुमार श्रेष्ठले भने, ‘पोष्टमार्टमका लागि गोरखा अस्पतालमा ल्याएका छौँ ।’

स्थानीयले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्