
आरुघाटबाट बेवारिसे पुरुषको उद्धार
आरुघाट गाउँपालिकाबाट एक वेवारिसे पुरुषको उद्धार भएको छ । आफ्नो नाम र ठेगाना बताउन नसक्ने अन्दाजी ५० बर्षका ती व्यक्तिलाई मानव सेवा आश्रम गोरखाले शुक्रवार उद्धार गरेको हो । ‘विगत चार बर्षदेखि आरुघाट गाउँपालिकाको वडा नम्वर १० मंगलटारमा सडकपेटीमै बस्ने सुत्ने गर्दै आउनुभएको रहेछ,’ आश्रमकी जिल्ला संयोजक मुना लामाले भनिन्, ‘पालिका अध्यक्षको समन्वयमा हामीले उहालाई शुक्रवार उद्धार गरेका हौ ।’
उनका अनुसार उद्धार गरिएको पुरुषको खुट्टामा घाउँ भएकाले औषधी उपचारका लागी पोखरा पठाइएको छ । ‘खुट्टमा भएको घाँउ कुहिएको रहेछ, उपचारमा संलग्न डाक्टरले खुट्टा काँट्नुपर्ने पनि हुनसक्छ भन्नु भएको छ, एक हप्ता सम्म हेरेर काँट्न पर्ने नपर्ने भनेर डिसिजन दिने बताउनु भएको छ,’ उनले भनिन् । उनको उपचार र संरक्षणको लागि कास्की शाखाको आश्रममा पठाइएको बताइएको छ ।




