
महालक्ष्मी माविले जित्यो ‘गोरखा कप’को उपाधी
गोरखा कपको उपाधि महालक्ष्मी माध्यमिक विधालय लक्ष्मी बजारले जितेको छ । द ओसन क्लबको आयोजनमा गोरखा मेयर युवा फुटबल बिकास परियोजना अन्तर्गत षौष २८ गते देखि सन्चालन भएको ‘गोरखा कप’ यु—१६ अन्तर विधालय प्रतियोगिता सोमबार सम्पन्न भएको हो । फाईनल खेलमा फिलिप गुरुङले गरेको ह्र्याट्रिक मद्द्तले २ गोल गरे पछि मोर्डन बोर्डिङ स्कुललाई ४—३ गोल अन्तरले पराजित गर्दै महालक्ष्मिले उपाधी जित्न सफल भएको हो।
महालक्ष्मीको लागि अर्को एक गोल आयुष शहिले गरेका थिए । उपविजेता बनेको मोर्डन बोर्डिङ स्कुल टिमको तर्फबाट उमेश वि.क, बिबेक थापा र अभिशेक गुरुङले १/१ गोल गरेका थिए। पहिलो सेमिफाईनलमा आयोजक टिमलाई महालक्ष्मीले ७—२ गोल अन्तरले पराजित गरेको थियो । फाइनलमा पुगेका मोर्डन बोर्डिङले लक्ष्मि सामुदायिकलाई ३—१ गोेलले पराजित गरेको थियो ।
एक कार्यक्रम बिच विजेता टिमलाई नगद रू १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको क्लबका अध्यक्ष अमृत खत्रीले जानकारी दिए । उप विजेता टिमलाई ७ हजार ५ सय सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको उनले बताए। प्रतियोगितामा गोरखा जिल्ला १३ टिमको सहभागिता रहेको थियो।




