| बुधबार, कार्तिक २५, २०८३

बारपाकमा घले ल्होसर धुमधामले मनाइयो

गोरखाको बारपाकमा घले ल्होसर धुमधामले मनाइएको छ । घले समुदायको महान पर्व ल्होसरको अवसरमा बारपाकमा विभिन्न कार्यक्रम गरी मनाइएको घले समाज बारपाकका सचिव रामकुमार घलेले जानकारी दिए । ल्होसरको अवसरमा मौलिक भेषभुषामा सजिएका घलेहरुले सांस्कृतिक झाँकीसहित ¥याली प्रदर्शन गरेका थिए । ‘औपचारिक कार्यक्रम हुनुभन्दा अघि सांस्कृतिक झाँकीसहितको ¥यालीले बारपाक गाउँ परिक्रमा गरिएको थियो’, घलेले भने, ‘¥यालीमा मारुनी, दुङ्लुङ(स्यार्का), चुट्का, लामा, झाँक्री नाच प्रदर्शन गरेका थिए । पछि औपचारिक कार्यक्रममा परिणत भएको थियो ।’

घले समाज बारपाकका अध्यक्ष दिलसिङ घलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि घले समाजका केन्द्रीय सल्लाहकार जीतबहादुर घले, घले समाज युकेका पूर्व अध्यक्ष टिकाराम घले लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । घले समुदायले हरेक बर्षको माघ १ गतेलाई ल्होसरका रुपमा मनाउने गर्छ । विरालु वर्गको अन्त्य र गरुड बर्गको आरम्भ भएको महान अवसरमा बोल्दै प्रमुख अतिथि जीतबहादुर घले, विशेष अतिथि टिकाराम घले तथा कार्यक्रमका अध्यक्ष दिलसिङ घलेले घलेलाई आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानमा सूचीकरण गर्न माग गरेका थिए ।

अहिले घले अल्पसंख्यकमा सूचीकृत छ । गोरखाको बारपाकमा सबैभन्दा धेरै घले समुदायको बसोबास रहेको छ । त्यस्तै धार्चे गाउँपालिका ३ उहिया, खोर्ला, वडा नं. ६ काशिगाउँ, चुमनुब्री ३ जगत, अजीरकोट १ तथा गोरखा सदरमुकाम लगायतका ठाउँहरुमा घले समुदायको बसोबास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्