| बुधबार, कार्तिक २५, २०८३

पूर्व सुरक्षाकर्मी परिषद नेपाल, जिल्ला कार्यसमिति गोरखाको प्रथम साधारण सभा सम्पन्न

पूर्व सुरक्षाकर्मी परिषद नेपाल गोरखाको प्रथम साधारण सभ सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला भरका विभिन्न आठ निकायका पूर्वसुरक्षाकर्मी, नेपाली सेना, नेपाल प्रहरी, भारतीय सेना, भारतीय प्रहरी, ब्रिटिस आर्मी, सशस्त्र प्रहरी बल र सिंगापुर प्रहरीमा आवद्घ पूर्व सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।

सुरक्षाकर्मीहरुले अवकास पाएपछि राज्यबाट पाउनु पर्ने सेवा सुविधा र कागजातका कामहरु निकै झन्झटिलो भएकाले परिषदको स्थापना गरिएको जिल्ला परिषदका सचिव वद्रि प्रसाद पोखरेलले बताए ।

कार्यक्रममा बोल्ने पूर्व सुरक्षाकर्मीहरुले देशको वर्तमान अवस्थाबारे चिन्ता व्यक्त गरेका थिए । विभिन्न समयमा देशको सुरक्षाको लागि लडेका सुरक्षाकर्मीहरुलाई शुक्रबार गोरखा सदरमुकाममा भएको ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको कार्यक्रममा आफुहरुलई नबोलाईएको बारे परिषदले गुनासो समेत व्यक्त गरेका थिए ।

गोरखा जिल्ला परिषदको अध्यक्ष हरिकुमार थापाको अध्यक्षतामा र पूर्व सुरक्षाकर्मी परिषद नेपालका केन्द्रीय अध्यक्ष कोमलबहादुर राउतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठ, रिपुमर्दन गणका गणपति अशोककुमार क्षेत्री, परिषदको केन्द्रीय सचिव आनन्द सिंखडा, बागमती प्रदेशका युवा परिषदका संयोजक तुलाप्रसाद अम्गाई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्