
गोरखा जेसिजको पद हस्तान्तरण कार्यक्रम सम्पन्न
गोरखा जेसीज वर्ष २०२४ को ४३ औँ पदस्थापना तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गोरखा सरदमुकाममा शुक्रबार एक कार्यक्रम गरी पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वर्ष २०२३ का गोरखा जेसिजका अध्यक्ष पुष्कर गुरुङले जेसीज वर्ष २०२४ का अध्यक्ष अश्विन ढुङ्गगनालाई अध्यक्षको पद हस्तान्तरण गरेका हुन् । नयाँ कार्यसमितिको कार्यकारी उपाध्यक्षमा विष्णु थापा मगर र राजेश श्रेष्ठ, उपाध्यक्षहरुमा श्याम आले, अविन श्रेष्ठ, रविन श्रेष्ठ र सन्दिप ढकाल, सहसचिवमा ताराबहादुर खड्का, सहकोषाध्क्षयमा सन्देश खत्री मनोनित भएका छन् ।
जेसिज वर्ष २०२३ ले वर्ष २०२४ लाई पद हस्तान्तरण गरेसँगै जेसीज गोरखा वर्ष २०२४ को समितिले पूर्णता पाएको छ ।
गोरखा जेसिज वर्ष २०२३ का अध्यक्ष पुस्कर गुरुङको अध्यक्षता तथा गण्डकी प्रदेशका सांसद नन्दप्रसाद न्यौपानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथिमा गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण राना मगर, नेपाल जेसिज क्षेत्र ख का निरुपित राष्ट्रिय उपाध्यक्ष स्वप्ना पौडेल, सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगर, गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकर, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्रहरी निकायका प्रमुख लगायत जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।




