
माझथर मावि १३ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण
बारपाक सुलिकोट गाउँपालिका वडा न ३ स्वाँराको माझथर माविका विधार्थीलाई छात्रवृत्ति तथा न्यानो कपडा वितरण गरिएको छ । गरिव तथा जेहेन्दार १३ जना बिद्यार्थीलाई छात्रवृत्ति र ३० जनालाई न्यानो कपडा वितरण गरिएको हो । छात्रवृत्ति पाउनेमा कक्षा ९ देखि १२ सम्मका बिद्यार्थी रहेका छन् ।
उनीहरुलाई जनही दुई हजारका दरले छात्रवृत्ति रकम प्रदान गरिएको बिद्यालयले जनाएको छ । स्थानीय समाजसेवी सुकबहादुर गुरुङका स्वर्गिय धर्मपत्नी प्रमिला गुरुङको नाममा स्थापना भएको अक्षयकोषबाट ब्याज स्वरुप प्राप्त रकमले उनीहरुलाई छात्रवृत्ति प्रदान गरिएको बताइएको छ । त्यस्तै छात्रवृत्ति पाउने मध्ये कक्षा ११ मा अध्ययनरत सनमाया गुरुङलाई गो–ड्राइभर वा मेमोरियल फाउन्डेसन ट्रष्टले पन्ध्र हजार रकम उपलब्ध गराएको छ ।
अध्ययनमा सहयोग पु¥याउने उदेश्यले उनलाई आर्थिक सहयोग गरिएको ट्रष्टका सचिव मिलन ढकालले जानकारी दिए । त्यस्तै बिद्यालयको कक्षा १ देखि १२ सम्म अध्ययनरत ३० जना बिद्यार्थीलाई ज्याकेट, ट्रयाक सुट लगायतका न्यानो कपडा वितरण भएको बिद्यालयका प्रधानाध्यापक उत्तमकुमार बरामले बताए । बिद्यालय व्यवस्थापन समिति अध्यक्ष अमरबहादुर गुरुङको अध्यक्षता तथा वडाध्यक्ष बलबहादुर गुरुङको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो ।




