
गोरखा नगरपालिकालाई पृथ्वी नारायण नगरपालिका घोषणा गर्न राप्रपा नेपाल गोरखाले माग
गोरखा नगरपालिकालाई पृथ्वी नारायण नगरपालिका घोषणा गर्न राप्रपा नेपाल गोरखाले माग गरेको छ । बिहीबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै राप्रपा नेपालले गोरखा नगरपालिकालाई पुनः पृथ्वी नारायण नगरपालिका कायम गर्न माग गरेको हो ।
‘ऐतिहासिक नगरी पृथ्वी नारायण नगरपालिका गोरखा राष्ट्र निर्माता श्री ५ वडा महाराजधिराज पृथ्वी नारायण शाहको नामबाट स्थापित नगरपालिकालाई गोरखा नगरपालिका नामाकरण गरिएकोमा राप्रपा नेपाल गोरखा जिल्ला कार्यसमिति दुःख व्यक्त गर्दछ,’ राप्रपा नेपालका जिल्ला कार्यसमिति गोरखाका अध्यक्ष गोपाल थापाद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ ।
साथै हिन्दु राज्य स्थापनाको कामना गर्दै आज बिहान गोरखकाली मन्दिरमा पुजाआजा गर्ने कार्यक्रम समेत रहेको राप्रपा नेपाल गोरखाले जनाएको छ ।




