
मेलामा हाँडी फुटाई खेल सम्पन्न
जिल्ला सदरमुकामको हरमटारी खेलमैदानमा जारी कृषि, पर्यटन प्रवद्र्धन मेला अन्तरगत वुधवार हाँडी फुटाइ खेल भएको छ । गोरखा नगरपालिकाका वडाध्यक्षहरु बीच भएको खेलमा वडा नम्वर १० का अध्यक्ष प्रदिप कुवँर हाँडी फुटाउन सफल भएका छन् । उनलाई तीन हजार नगद पुरस्कार वितरण गरिएको मेला संयोजक अन्जनबाबु खत्रीले बताए ।
खेलमा वडा नम्वर २ का अध्यक्ष रहमतुल्ला मिया, ५ का कार्यवहाक अध्यक्ष हरिराम पोखरेल, ९ का अध्यक्ष कुलबहादुर कुवँर, १२ का अध्यक्ष दिल बहादुर थापा र १३ की अध्यक्ष मित्राकुमारी परियार सहभागी थिए । त्यस्तै मेला हेर्न आउने दर्शकहरु बीच पनि हाँडी फुटाइ खेल भएको छ ।
खेलमा गोरखा नगरपालिका वडा नम्वर ६ निवासी धु्रवकुमार कुवँर हाँडी फुटाउन सफल भएको मेला संयोजक खत्रीले बताए । उनलाई एक हजार नगद पुरस्कार वितरण गरिएको बताइएको छ । खेलमा नेपाल ओमन चेम्वरका दिदीवहिनीहरुको पनि सहभागीता रहेको थियो ।




