| बुधबार, कार्तिक २५, २०८३

हातपात गरी अभद्र व्यवहार गरेको आरोपमा चुमनुव्रीका एक व्यक्ति पक्राउ

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३ फिलिम बस्ने ४९ बर्षीया कान्छी गुरुङलाई हातपात गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका २२ बर्षीय धनबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।

शनिवार साँझ पाँच बजेको समयमा धनबहादुरले कान्छीलाई अनावश्यक रुपमा गालीगलौज गर्नुका साथै हातपात समेत गरी अभद्र व्यवहार गरेको डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।

इलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएको टोलीले सोमवार धनबहादुरलाई पक्राउ गरेको र उनीबिरुद्ध अभद्र व्यवहार कसूर शीर्षकमा मुद्दा दर्ता भएको श्रेष्ठले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्